Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभाको बैठक आज संचालन गर्ने सभामुख तयारी, कांग्रेसले अवरोध गर्ने, रास्वपा भन्छ अब समिति बन्दैन

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, ०७ : २१ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक आज संचालन गर्ने सभामुख तयारी, कांग्रेसले अवरोध गर्ने, रास्वपा भन्छ अब समिति बन्दैन

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । विहिबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

सभामुखले बैठक संचालन गर्न खोजेपछि विहिबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय समितिको माग राख्दै संसदको अवरोध जारी राख्ने बताएको छ । 

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबि गरे ।

उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबि गरे । उनले कांग्रेसका नेताहरु पिच्छे फरक कुरा गर्ने गरेको बताउदै अब आफुहरु संसदीय छानबिन गर्न तयार नहुने बताए ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको