सूर्योदय वोमी लघुवित्तले करिब ६२ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ ।
लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको ६१ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य २ सय ९४ रुपियाँ निर्धारण गरिएको छ ।
इच्छुक लगानीकर्ताले जेठ १३ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि खरिद आवेदन दिन सक्ने बताइएको छ ।
बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस