Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कम्पनीका केही संस्थापक सेयर साधारणमा परिणत, कुनको कति सेयर ?

विहीबार, ०९ मंसिर २०७३, १५ : ५५ मा प्रकाशित

पाँच कम्पनीका केही संस्थापक सेयर साधारणमा परिणत, कुनको कति सेयर ?

अर्थ संसार
काठमाडौं– यति डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, भक्तपुर फाइनान्स र हिमालयन जनरल इन्सुरेन्सको केही संस्थापक सेयर साधारणमा परिवर्तन भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार यति डेभलपमेन्ट बैंकको २३ लाख ९९ हजार ५ सय ७० कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकको २० लाख ३९ हजार ५ सय ६७, रिलायन्सको ७ लाख ५ हजार ४ सय १४ कित्ता, भक्तपुर फाइनान्सको २ लाख ४२ हजार ६सय ५० कित्ता र हिमालयन जनरल इन्सुरेन्सको २ लाख ८८ हजार ९ सय कित्ता सेयर साधारणमा परिवर्तन भएको छ । 

संस्थापक र साधारण सेयरधनीको अनुपात ५१ः४९ गर्न ती कम्पनीले नियामक निकायको स्वीकृति लिएर संस्थापक सेयर साधारणमा परिणत गरेका हुन् । 

यो पनि पढ्नुहोस

भारतमा प्रचलनमा आएका ५ सय र २ हजार दरका नयाँ नोट नेपालमा नचल्ने

किन वजार वियरिस छ ? कारण खोतल्दै विष्लेषक हरिबोल काफ्ले

अझै शेयर किन्न डराईरहनु भइरहेको छ ? त्यसो भए शेयर कारोबार गर्नै छोडिदिनुहोस्ः चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालको विष्लेषण

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको