Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र चलाएमान बनाउने एक मात्र औजार सेयरबजार हो : विश्लेषक सुबास चन्द्र ढुंगाना (भिडियो)

अर्थ संसार

शनिबार, १२ जेठ २०८१, २० : १२ मा प्रकाशित

बजार विश्लेषक सुबास चन्द्र ढुंगानाले हाम्रो देशको अर्थतन्त्र चलाएमान बनाउने एकमात्र औजार सेयरबजार रहेको बताएका छन्। 

अर्थसंसारको कार्यक्रम बजारको चिरफारमा बोल्दै उनले पुँजीबजारलाई जिवन्त बनाउन सके अरु क्षेत्रलाई पनि चलाएमान हुने भनाई राखेका छन्। 

यस अगाडीको बजेट र मौद्रिक नीति लगानीकर्ताले आशा गरेको अनुसार आउन नसकेको उनको बुझाई छ।मौद्रिक नीतिका त्यसपछिका समिक्षा केहि सुष्म र चलाखीपूर्ण संशोधन गरेतापनि त्यसलाई विश्वास गर्ने आधार लगानीकर्ताले नदेखाएको उनले बताए। 

कार्यक्रममा बोल्दै उनले भखरै आएको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समिक्षा केन्द्रिय बैंकले सझकता र चलाखीपूर्वक ढंगले ल्याएको बुझेको छन्। बैंकलाई २० प्रतिशत सेयर बेच्ने दिने नीतिले बुललाई ट्रिगर गर्न सक्ने उनले  टिप्पणी गरेका छन्। 

विश्लेषक ढुंगानाले अबको मौद्रिक नीति कोभिड पछिका कसिलो मौद्रिक नीति जस्तो नहुनेमा विश्वस्त रहेको बताएका छन्। साथै आउने मौद्रिक नीति सबैले बुझ्ले र देखिने खालको होस् आश गरेको छन्। त्यो बनेको सेयर किन बेचमा रहेको क्याप हटाउने र रिक्स वेटेजलाई १०० मा झार्ने भन्न खोजेका छन्। 

अर्थसंसारको चर्चित कार्यक्रम बजारको चिरफारले १०० औं भाग पुरा गरेको छ। अर्थसंसारले शुक्रबार मात्रै यस चर्चित कार्यक्रमको १०० औं भाग प्रसारण गरेको हो। 
 
'बजारको चिरफार' पुंजीबजार सम्बन्धि कार्यक्रम हो। कार्यक्रममा साता भर बजारको विभिन्न घट्नाक्रम,राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुले बजारलाई अब असर गर्ला यस्ता विभिन्न विषयलाई लिएर अर्थसंसारको साप्ताहिक कार्यक्रम  प्रसारण हुने गरेको छ। 

यस कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक मार्फत हुने घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

हेर्नुहोस विशेष भाग 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको