Like us!
Follow us!
Connect us!
Watch us!

बैंकलगायत फन्डामेन्टल्ली बलिया कम्पनी किन बढ्दैछन् र थप बढ्नेछन् ? यस्तो छ चुरो कुरो...

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, ०८ : १६ मा प्रकाशित

बैंकलगायत फन्डामेन्टल्ली बलिया कम्पनी किन बढ्दैछन् र थप बढ्नेछन् ? यस्तो छ चुरो कुरो...

करिब एक साता अघि मौद्रिक नीतिको तेस्रो समीक्षा राष्ट्र बैंकले गरेसँगै सेयरबजारमा राम्रै उकालो र्याली देखिएको छ । जेठ ३ गते २०१८ को विन्दुमा बन्द भएको सेयर बजार नीतिको समीक्षापछि करिब ११३ अङ्कले बढेर बुधबार २१३१ विन्दुमा बन्द भएको छ ।

नीतिको समीक्षा पछि लगातार चार दिन बढेको बजारलाई के खास व्यवस्थाले हिट गर्यो त? सेयरबजारलाई प्रत्यक्ष असर गर्ने कुनै पनि व्यवस्था नभए पनि एउटा खास बुँदाले सेयरबजारलाई प्रभावित गर्ने जानकारहरुको भनाई थियो । त्यो बुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था थियो । यो व्यवस्थाका कारण कतिपय विश्लेषकहरुले सप्लाई साइडसँग जोडेर अब बैंक तथा वित्तीय संस्थाहरु सेलिङ आउने भन्दै विश्लेषण गरेका थिए ।

तर वर्तमान अवस्थालाई नियालेर हेर्नेहरुले भने यस व्यवस्थाले सप्लाई भन्दा डिमान्ड बढाउने बुझिसकेका थिए । कारण थिए बजार न्यून विन्दुमा रहनु, फन्डामेन्टल्ली राम्रा कम्पनीको सेयर निकै सस्तोमा पाइनु र बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य रकम ठूलो मात्रामा रहनु । सबैले सुन्दै आएको कुरा हो पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जा विस्तार गर्न सकेका छैनन् जसकारण लगानीयोग्य रकम उनीहरुसँग थुप्रिएको छ । नीतिको समीक्षाबाट गरिएको व्यवस्थाले स्वत बैंक तथा वित्तीय संस्थालाई सेयरबजारमा लगानी गर र एक वर्षपछि प्रतिफल पनि लिन सक्नेछौ भनेर बाटो खुला गरिदिएको देख्न सकिन्छ ।

यसको सिधा प्रभाव फन्डामेन्टल्ली बलिया कम्पनी मै देखियो पनि । नीतिको समीक्षा अघि १०५१ को विन्दुमा रहेको बैंकिङ इन्डेक्स समीक्षा पछि करिब १३१ अङ्कले बढेर चार दिनमै ११९२ को विन्दुमा पुगिसकेको छ । यो भनेको करिब ५ महिना अघिको इन्डेक्स हो । यसैगरी केहीसमय यता बढिरहेको अर्को फन्डामेन्टल्ली बलियो सबइन्डेक्स माइक्रोफाइनान्समा नीतिपछि अझै वृद्धि देखिएको छ ।

अब कुरा गरौँ किन बजार थप बढ्ने देखिन्छ ? व्यवस्था अनुसार अब बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी एक वर्ष व्यतित नभएसम्म बिक्री गर्न पाउने भने छैनन् । यसले स्वत बजारमा सप्लाई घटाउनेछ जसकारण अब बजार पुन: १८०० को विन्दुमा आउने सम्भावना पनि निकै न्यून देखिन्छ । बैंक तथा वित्तीय संस्था यसैपनि लामो समय होल्ड गरेरै बस्ने संस्थागत लगानीकर्ता हुन् । साथै पोर्टफोलियोसमेत डाइभर्स गरेर लगानी गर्ने हुँदा आउँदा दिन नबढेका तर फन्डामेन्टल्ली बलिया सेक्टरमा पनि लगानी जाने हुँदा बजार थप बढ्ने जानकारहरु बताउँछन् । अर्थ मन्त्री वर्षमान पुन पनि सेयरबजार प्रति सकारात्मक देखिनु, सेयर धितो कर्जाको सीमाविरुद्ध दायर रिट सर्वोच्च अदालतले उच्च प्राथमिकतामा राख्नु लगायत विषयले पनि बजारको सेन्टिमेन्ट आशावादी बनाइराख्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको