Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सरकारको सात वटा संस्थान नेप्सेमा सूचीकृत, पुँजीकरण घट्यो कि बढ्यो ?

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, २० : ४६ मा प्रकाशित

नेपाल सरकारको सात वटा संस्थान नेप्सेमा सूचीकृत, पुँजीकरण घट्यो कि बढ्यो ?

नेपाल सरकारको सञ्चालनमा रहेका संस्थान मध्ये सात वटा संस्थान नेपाल स्टक एक्सचेञ्ज लिमा सूचीकृत छन् । तीमध्ये वित्तीय क्षेत्रका पाँच, सेवा क्षेत्रका एक र जनोपयोगी क्षेत्रको एक रहेका छन् । 

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भए अनुसार समग्र बजार पुँजीकरण २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा ७.४३ प्रतिशतले वृद्धि भएकोमा सार्वजनिक संस्थानको बजार पुँजीकरण समेत १.८१ प्रतिशतले बढेको छ ।

२०७९ असार मसान्तको कुल बजार पुँजीकरणमा सरकारी संस्थानको हिस्सा १९.३३ प्रतिशत रहेकोमा २०८० असार मसान्तमा १८.३२ प्रतिशत रहेको छ । 

66534f3de9222.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको