Like us!
Follow us!
Connect us!
Watch us!

बालेनविरुद्ध सडकमा उत्रिए न्युरोडका स्थानीय

अर्थ संसार

सोमबार, १४ जेठ २०८१, १३ : ०४ मा प्रकाशित

बालेनविरुद्ध सडकमा उत्रिए न्युरोडका स्थानीय

न्युरोड क्षेत्रको सडकलाई साँघुरो बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)ले अगाडि बढाएको योजनाको उनीहरूले सोमबार विरोध गरेका हुन् ।​

‘नयाँ सडक बचाऊ’ भन्ने ब्यानर लिएर स्थानीय विरोधमा उत्रिएका थिए । यही विषयलाई लिएर महानगरपालिका र सडक विभागबिच समेत विवाद देखिएको थियो ।

महानगरपालिकाले अनुमति बिना न्युरोडको सडक काट्ने काम गरेको भन्दै विभाग अन्तरगतको डिभिजन कार्यालयले महानगरको सडक काट्ने मेसिन जफल गरेको थियो । त्यसैको रिसमा मेयर बालेन शाहले विभागको कार्यालय अगाडि एक ट्रक धुलो लगेर फालिदिएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको