Like us!
Follow us!
Connect us!
Watch us!

बालुवाटारस्थित सांसदको घरमा बालिकामाथि लट्ठी र पाइपले कुटपिट, नाजुक अवस्थामा राखिएकी बालश्रमिकको महानगरद्वारा उद्धार : बालेन

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १८ : ४७ मा प्रकाशित

बालुवाटारस्थित सांसदको घरमा बालिकामाथि लट्ठी र पाइपले कुटपिट, नाजुक अवस्थामा राखिएकी बालश्रमिकको महानगरद्वारा उद्धार : बालेन

काठमाडौं महानगरमा मेयर बालेन शाहले बालुवाटारस्थित एक सांसदको घरबाट नाजुक अवस्थामा बालश्रमिकका रुपमा काम लगाइएकी १४ वर्षीया बालिकाको महानगरले उद्धार गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बालेनले गणतन्त्र दिवस धेरै पल्ट आइसके पनि वास्तविक गणतन्त्र आउन अझै धेरै बाँकी भएको उल्लेख गर्दै पुराना अमानवीय सोच र कुप्रवृतिविरूद्ध ल्याइएको उक्त व्यवस्थाले त्यस्ता कुप्रवृति र सोचविरूद्ध काम गर्न नसकेको बताएका छन् । बालुवाटारछेउबाट एक १४ बर्षे बालिकालाई लट्ठी र पाइपले कुटपिट हुने गरेको भन्ने उजुरी परेको आधारमा नाजुक अवस्थामा उद्धार गरिएको बालेनले बताएका हुन् । ती बालिका बालश्रमिक भएर दुर्व्यवहार भोगिरहेकी घर सांसदको भएको पनि बालेनले जानकारी दिएका छन् ।

यसैगरी एक होटलबाट बुवाले लिएको ऋणको तिर्न भनि जोखिमपुर्ण श्रममा लगाइएका २ जना १०-१४ उमेर बताउने बालकहरूको पनि महानगरले उद्दार गरेको बालेनले बताएका छन् । उनले लेखेका छन्, "लाग्छ, सामन्ती भनिने कमलरी प्रथा गणतन्त्रमा पनि अझै हटेको छैन । सांसदहरू समेतले त्यहि प्रथा जोगाएर आफु सभ्य भइटोपलिएका छन् ।"
 
उनले बालुवाटार छेउबाट उद्धार भएकी बालिकामाथि लट्ठी र पाइपले कुटपिट हुने गरेको भनी उजुरी परेका आधारमा अत्यन्तै नाजुक अवस्थामा उद्धार गरेका बताएका हुन् । महानगरले २०८१ वैशाखदेखि हालसम्म ३१ जना बालबालिकाको उद्दार गरेको जनाइएको छ । ती मध्ये काठमाडौँ महानगरपालिकाकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरबाट निकृष्टरूपमा बालश्रम शोषण गराइरहेको अवस्थाबाट बालबालिका उद्धार गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको