Like us!
Follow us!
Connect us!
Watch us!

अब के कस्ता वस्तुमा लाग्दैछ हरित कर ?

अर्थ संसार

बुधबार, १६ जेठ २०८१, ०६ : ४८ मा प्रकाशित

अब के कस्ता वस्तुमा लाग्दैछ हरित कर ?

मङ्गलबार संघीय संसदको संयुक्त बैठकमार्फत पेश बजेट वक्तव्य अनुसार सरकारले विभिन्न वस्तुमा एक प्रतिशत हरित कर लगाउने निर्णय गरेको छ ।

अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक अनुसार यसरी हरित कर लाग्ने वस्तुमा कोइला, कोइलाबाट उत्पादित बृकेटहरु, अण्डाकारका वस्तुहरु र सोही प्रकारका ठोस इन्धनहरु रहेका छन् । यसै अन्तर्गत पर्ने आन्थ्रसाइट, बिटुमिनयुक्त कोइला, अन्य कोइला तथा कोइलाबाट उत्पादित बृकेटहरु, अण्डाकारका वस्तुहरु र यस्तै प्रकारका ठोस इन्धनहरुमा प्रति केजी ५० पैसा हरित कर लाग्ने भएको हो । यसैगरी पत्थरकोइला, लिग्नाइट वा पिटको सङ्गठित वा असङ्गठित कोक र अर्ध कोक, रिटोर्ट कार्बनमा पनि प्रति केजी ५० पैसा हरित कर लाग्नेछ ।

पेट्रोलियम तेलहरू र बिटुमिनयुक्त खनिजहरूबाट प्राप्त तेलहरू (कच्चा बाहेक), तौलको हिसाबले ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलहरू वा बिटुमिनयुक्त खनिजबाट प्राप्त तेलहरू भएका, यिनै तेलहरू नै तयारी वस्तुहरूको मुख्य घटक भएका तयारी वस्तुहरू, जैविक डिजेल भएका बाहेक र रद्दी तेलहरू बाहेक मोटर स्पिरिट, हेक्जेन र हाइ स्पीड डिजेलमा प्रति लिटर एक रुपैयाँ हरित कर लाग्नेछ । फ्युल आयल, बेस आयल, जुट ब्याचिङ तथा टेक्सटायल आयल, स्पाइन्डल आयल, ट्रान्सर्फमर आयल, मिनरल टर्पेन्टाइल आयल, लिक्विड प्याराफिन आयल, ह्वाइट आयल र रबरको प्रशोधन हुने तेलमा ०.५ प्रतिशत हरित कर लाग्नेछ ।

लुबृकेटिङ आयल, पेट्रोलियम तेलहरू र बिटुमिनयुक्त खनिजहरूबाट प्राप्त तेलहरू (कच्चा बाहेक) तथा अन्यत्र उल्लेख वा समावेश नभएका, तौलको हिसाबले ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलहरू वा बिटुमिन खनिजबाट प्राप्त तेलहरू भएका, यिनै तेलहरू नै तयारी वस्तुहरूको मुख्य घटक भएका तयारी वस्तुहरू, जैविक डिजेल भएका वस्तुमा एक प्रतिशत हरित कर लाग्नेछ ।

पोलिक्लोरिनेटेड बाइफेनलहरू (पीसीबीएस), पोलिक्लोरिनेटेड टरफेनलहरू (पीसीटीएस) वा पोलिब्रोमिनेटेड बाइफेनलहरूमा एक प्रतिशत हरित कर लाग्नेछ । पेट्रोलियम कोक, पेट्रोलियम बिटुमिन र पेट्रोलियम तेलका वा बिटुमिनयुक्त खनिज तेलका अन्य अवशेषहरू जस्तै अभस्मित वा भस्मित पेट्रोलियम कोलाई ०.५ प्रतिशत हरित कर लाग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको