सरकारले गत आर्थिक वर्षमा कुल बजेटको करिब ८२ प्रतिशत मात्रै खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले करिब ८२ प्रतिशत मात्रै बजेट खर्च गरेको हो ।
गच आवका लागि सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । उक्त बजेटमध्ये सरकराले असार मसान्तसम्म १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ । यो लक्ष्यको ८१.८७ प्रतिशत हो । महालेखाको तथ्यांक अनुसार सरकारले गत आर्थिक वर्षमा पुँजीगत खर्च भने दयनीय रह्यो ।
३ खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च २ खर्ब २२ अर्ब मात्र भएको छ । जुन लक्ष्यको ६३.२ प्रतिशत मात्र हो । चालु खर्च ८५.९५ र वित्तीय व्यवस्था तर्फको बजेट ८७.१४ प्रतिशत खर्च भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस