Like us!
Follow us!
Connect us!
Watch us!

गत आर्थिक वर्षमा लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन, अघिल्लो वर्षको भन्दा ११ प्रतिशतले वृद्धि

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, १३ : ५७ मा प्रकाशित

गत आर्थिक वर्षमा लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन, अघिल्लो वर्षको भन्दा ११ प्रतिशतले वृद्धि

सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ११ प्रतिशतले राजश्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सरकारले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ११.३३ प्रतिशत बढी राजस्व संकलन गरेको हो । 

गत आर्थिक वर्षमा सरकारले कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो आर्थिक वर्ष २०८०/८१ को भन्दा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । तर मन्त्रायले अर्धबार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य राखेको थियो । संशोधित लक्ष्य अनुसार सरकाले लक्ष्यको ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।

मन्त्रालयका राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद, अन्तर्राष्ट्रिय परिस्थितिले सृजित चुनौतीका बाबजुत अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व संकलन उत्साहजनक देखिएको छ । ‘तयारी सुरु गरिसकेका छौं’ उनले भने ‘चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।’ चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ । आर्थिक वर्ष २०७१÷७२ मा ४ खर्ब ५ अर्ब, २०७२/७३ मा ४ खर्ब ८१ अर्ब, २०७३/७४ मा ६ खर्ब ९ अर्ब, २०७४/७५ मा ७ खर्ब २६ अर्ब, २०७५/७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो । त्यसैगरी २०७६/७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/७९ मा १० खर्ब ६६ अर्ब, २०७९÷८० मा ९ खर्ब ५७ अर्ब र २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको