Like us!
Follow us!
Connect us!
Watch us!

दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आवका लागि सार्वजनिक गर्यो साढे ४१ करोडको बजेट

अर्थ संसार

मंगलबार, १० असार २०८२, १७ : ३८ मा प्रकाशित

दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आवका लागि सार्वजनिक गर्यो साढे ४१ करोडको बजेट

दैलेखको ठाटीकाँध गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे ४१ करोडको बजेट विनियोजन गरेको छ । मंगलबार बसेको १७ औं गाउँसभाले ४१ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालु खर्च तर्फ २३ करोड ३२ लाख ३५ हजार ५९ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड १७ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ । ठाटीकाँध गाउँपालिकाले बजेट व्यवस्थापनको लागि संघीय सरकार बाट प्राप्त अनुदान, प्रदेश सरकार बाट प्राप्त अनुदान र अन्तरिक स्रोत समेटेर बजेट निर्माण गरेको हो । 

आज गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालले ठाटीकाँध गाउँपालिकाको १७ गाउँ सभामा उक्त बजेट पेश गरेका हुन् ।

गाउँ पालिका अध्यक्ष रक्षा बहादुर शाहले नीति तथा कार्यक्रम १७ औं गाउँ सभामा प्रस्तुत गरेका थिए । आगामि वर्षको बजेट कार्यान्वयन बाट विगतमा प्राप्त उपलब्धिलाई संस्थागत गर्दै गाउँ पालिका क्षेत्रमा अति आवश्यक पूर्वाधार निर्माण, आधारभूत स्वास्थ्य तथा सबैमा शिक्षाको पहुँच, पालिका क्षेत्र भित्रको दिगो एवं सन्तुलित विकासमा सहयोग पुग्ने गाउँ पालिका अध्यक्ष शाहले जानकारी दिए । 

उपाध्यक्ष देविराम बडुवालले पुरान र अधुरा रकेका कार्यक्रमलाई पूर्णता दिने र पालिकाको दिगो विकासलाई जोड पुग्ने गरि बजेट ल्याएको जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको