Like us!
Follow us!
Connect us!
Watch us!

१७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परे

अर्थ संसार

शुक्रबार, १८ जेठ २०८१, ०८ : १३ मा प्रकाशित

१७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परे

सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका १७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी ६ महिनादेखि ३ वर्षका लागि कालोसूचीमा राखेको छ ।

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्न  सिफारिस गरेका अनुसार उक्त निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरुलाई आजका मितिदेखि उल्लेखित मितिसम्मका लागि कालोसूचीमा राखिदिएको हो । अब ती कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन पाउने छैनन् ।

तीन वर्षका लागि कालोसूचीमा पर्ने कम्पनीमा ललितपुरको फ्रेण्डस् ट्रेडिङ कन्सर्न, काठमाडौंको बाबा माईचन्द इन्टरनेसनल, धनुषाको स्टार इन्फ्रा एन्ड डेभलपर्स रहेका छन् । बाकिँ १० कम्पनी एक वर्षका लागि तथा तीन कम्पनी २ वर्ष र एक कम्पनी ६ महिनाका लागि कालोसूचीमा परेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको