पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनी कालोसूचीमा परेको छ। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङको कान्छाराम कन्स्ट्रक्सन लाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो।
ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल, ललितपुरको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले पुस १३ गते कालोसूचीमा राख्ने निर्णय गरेको र यसको अवधि पुस १४ गते सूचना प्रकाशित भएको मितिदेखि गणना सुरु भएको जनाएको छ।
कान्छाराम कन्स्ट्रक्सनसँगै चीनको छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ। त्यसैगरी नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालि, धनुषा पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ। यस कम्पनीका मुख्य व्यक्ति बैजनाथ यादव हुन्।
रौतामाई गाउँपालिका, उदयपुरको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि, धनुषा र विशाल निर्माण सेवा, सिन्धुपाल्चोक एक–एक वर्षका लागि कालोसूचीमा परेका छन्। सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सनका मुख्य व्यक्ति रमेश कुमार सिङ्दान हुन् भने विशाल निर्माण सेवाका मुख्य व्यक्ति श्याम कुमार गलान हुन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस