Like us!
Follow us!
Connect us!
Watch us!

११ वटा निर्माण कम्पनी कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा भाग लिन नपाउने

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, ११ : ०२ मा प्रकाशित

११ वटा निर्माण कम्पनी कालोसूचीमा, दुई वर्षसम्म खरिद प्रक्रियामा भाग लिन नपाउने

सरकारले काम सन्तोषजनक नभएको भन्दै ११ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।

 कालोसूचीमा परेका कम्पनीहरूमा बाँकेको शुभ आर.एस. बिल्डर्स सप्लायर्स (मुख्य व्यक्ति: रामबहादुर बुढा), अछामको नविन निर्माण सेवा (छत्रबहादुर बुढा), सुर्खेतको जे.एम.सी कन्स्ट्रक्सन प्रालि (मिथुन चन्द), र काठमाडौंको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स (माधव घिमिरे) समावेश छन्।

त्यसैगरी, उदयपुरको विशाल होम निर्माण सेवा (होमबहादुर बस्नेत), बूढानीलकण्ठ काठमाडौंको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन (सुन्दर श्रेष्ठ), मोरङको सगुन फेब्रिक्स प्रालि (मयंक शाह), काठमाडौंको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि (कृष्णकुमार राई), जालपा निर्माण सेवा एण्ड सप्लायर्स (सिताराम श्रेष्ठ), डोल्पाको मष्टा भवानी निर्माण सेवा (कर्णबहादुर बुढा), र अर्घाखाँचीको शहीद निर्माण सेवा (सहिदिन मियाँ) पनि कालोसूचीमा परेको छ।

अनुगमन कार्यालयले कास्यप निर्माण सेवा एण्ड सप्लायर्स दुई वर्षका लागि,मष्टा भवानी निर्माण सेवा डेढ वर्षका लागि र अन्य सबैलाई एक वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ। कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको