Like us!
Follow us!
Connect us!
Watch us!

समयमै काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा, कारबाही अवधिभर कुनै काम गर्न नपाउने

अर्थ संसार

बुधबार, १३ फागुन २०८२, ११ : ०३ मा प्रकाशित

समयमै काम नगर्ने यी ७ कम्पनी कालोसूचीमा, कारबाही अवधिभर कुनै काम गर्न नपाउने

सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयभित्र जिम्मेवारी पूरा नगर्ने सात निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीविरुद्ध कारबाही गरिएको स्पष्ट पारेको हो।

कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) अनुसार उक्त निर्णय गरिएको हो। यस प्रावधानले ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगर्ने, सर्त उल्लंघन गर्ने वा जिम्मेवारीमा लापरबाही गर्ने आपूर्तिकर्ता तथा निर्माण व्यवसायीलाई निश्चित अवधिका लागि कालो सूचीमा राख्ने व्यवस्था गरेको छ। कारबाहीमा परेका कम्पनीहरूमा डाइमेन्सनल कन्स्ट्रक्सन, थ्री–स्टार कन्स्ट्रक्सन, चुरे कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जगतिसिंह कन्स्ट्रक्सन सेवा, क्वालिटी सोलुसन कम्पनी, न्यू रोहित ट्रेडर्स एण्ड अर्डर सप्लायर्स तथा जिबी मेटल क्राफ्ट इण्डस्ट्रिज एण्ड सप्लायर्स रहेका छन्।

कार्यालयका अनुसार ती कम्पनीहरू अब ६ महिनादेखि १ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। कालो सूचीको अवधिभर उनीहरूले नयाँ ठेक्का, आपूर्ति वा सेवा सम्बन्धी बोलपत्र प्रक्रियामा भाग लिन नपाउने उल्लेख गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको