Like us!
Follow us!
Connect us!
Watch us!

इन्साइडर ट्रेडिङ गरि तीन बिलियन डलर आर्जन गरेको भन्दै टेस्लाका मालिक इलन मस्कविरुद्ध मुद्दा

अर्थ संसार

शनिबार, १९ जेठ २०८१, १४ : ०० मा प्रकाशित

इन्साइडर ट्रेडिङ गरि तीन बिलियन डलर आर्जन गरेको भन्दै टेस्लाका मालिक इलन मस्कविरुद्ध मुद्दा

टेस्ला कम्पनीका मालिक इलन मस्कले इन्साइडर ट्रेडिङ गरि तीन बिलियन डलर आर्जन गरेको भन्दै कम्पनीकै एक सेयरधनीले मुद्दा हालेका छन् ।

सन् २०२२ को नोभेम्बर र डिसेम्बरमा कम्पनीको खराब कार बिक्रीबारे जानकारी पाएपछि मस्कले आफूसँग भएको करिब ७.५ बिलियन डलर बराबरको सेयर बिक्री गरेको कम्पनीमै सेयरधनीमध्येका एक माइकल पेरीको आरोप छ । जनवरी २ मा चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक भएपछि कम्पनीको सेयरभाउमा भारी गिरावट भएको थियो ।

रिपोर्ट सार्वजनिक भएपछि मस्कले सेयर बेचेको भए उनले ५५ प्रतिशत कम मूल्य पाउने जनाइएको छ । २०२२ मै मस्कले टेस्ला कम्पनीका कारको डिमान्ड उच्च रहेको दाबी गरेका थिए तर मध्य नोभेम्बरमा कम्पनीको बिक्री अपेक्षाकृत नपाएपछि रिपोर्ट सार्वजनिक हुनु अघि नै उनले सेयर बिक्री गरेको मुद्दामा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको