Like us!
Follow us!
Connect us!
Watch us!

बजेट एउटा पार्टीतिर ढल्किएजस्तो देखिन्छ : एमाले अध्यक्ष ओली

अर्थ संसार

शनिबार, १९ जेठ २०८१, १५ : १६ मा प्रकाशित

बजेट एउटा पार्टीतिर ढल्किएजस्तो देखिन्छ : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट सत्तारुढ दलसँग छलफल नगरी ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै ओलीले बजेट अर्थमन्त्रीको हो कि अर्थमन्त्री भएको पार्टीको हो भन्ने अनुभव भएको बताएका हुन् । अर्थमन्त्री भएको पार्टीतिर बजेट ढल्किएको बताउँदै उनले रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर देखिन गएको टिप्पणी गरेका हुन् ।

उनले बजेटलाई समर्थन गरेर पारित गर्ने स्पष्ट पार्दै बजेटमा रहेका कुनै कमी पनि औँल्याउन नहुने भन्ने नभएको पनि बताए । आइतबार देखि आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको