Like us!
Follow us!
Connect us!
Watch us!

कर्णालीका ७९ स्थानीय तहका १८ अर्ब ९० करोडभन्दा बढी बेरूजु

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १४ : १३ मा प्रकाशित

कर्णालीका ७९ स्थानीय तहका १८ अर्ब ९० करोडभन्दा बढी बेरूजु

कर्णाली प्रदेशका १० जिल्लाका ७९ वटा स्थानीय तहका बेरूजु बढ्दै गएको छ ।

महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० कोअनुसार कर्णालीका ७९ स्थानीय तहका १८ अर्ब ९० करोड ६१ लाख १० हजार बेरूजु बाँकी रहेको छ ।

बेरूजु फर्स्यौट तथा सम्परीक्षण ७९ स्थानीय तहका २०७८/७९ वर्षसम्मको कुल बेरूजु १५ अर्ब ८३ करोड ९७ लाख ४५ हजार रहेकोमा आर्थिक वर्ष २०७९/८० समायोजन तथा सम्परीक्षणबाट ४८ करोड ४८ लाख ५६ हजार फर्स्यौट भई १५ अर्ब ३५ करोड ४८ लाख ८९ हजार बाँकी रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

विगतका वर्षको बेरूजुसहित आर्थिक वर्ष २०७९/७९ को लेखापरीक्षणवाट थप भएको ३ अर्ब ५५ करोड १२ लाख २१ हजार र सम्परीक्षणवाट थप भएको ९ करोड ६२ लाख ९ हजार समेत १८ अर्ब ९० करोड ६१ लाख १० हजार बेरूजु बाँकी रहेको महालेखाले जनाएको छ ।

कर्णालीका रहेका ७९ स्थानीय तहमध्ये ७७ वटा स्थानीय तहले लेखापरीक्षक गराएका थिए । हुम्लाको अदानचुली र चंखेली गाउँपालिकाले लेखापरीक्षण नगराएको महालेखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको