Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १७ : ०९ मा प्रकाशित

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

प्रभु बैङ्क लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौँको ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र प्रभु बैङ्क लिमिटेड बीच बैङ्कका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

एक समारोहका बीच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नवीन ताम्ली र प्रभु बैङ्क लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्। समारोहमा प्रभु बैङ्कका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिन चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मुख्य प्रशासन अधिकृत राजेन्द्र केसीको समेत उपस्थिति रहेको थियो।

सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू,कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरूमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। छुट सुविधा प्राप्त गर्नका लागि बैङ्कका ग्राहकहरूले प्रभु बैङ्क लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेस गर्नुपर्ने छ।

सन् १९७८ मा विराटनगरमा स्थापित थापा नर्सिङ होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाडौँमा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो। जुन नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो। हिमाल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छाना मुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ। स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि हिमाल हस्पिटलमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ।

त्यसै गरी, ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०२ शाखा कार्यालयहरू, २८५ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ। साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको