Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका डेपुटी सिइओ पारस कुमार काफ्लेको निधन

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, ११ : ४५ मा प्रकाशित

सिटिजन्स बैंकका डेपुटी सिइओ पारस कुमार काफ्लेको निधन

सिटिजन्स बैंकका डेपुटी सिइओ पारस कुमार काफ्लेको हृदयाघातका कारण निधन भएको छ ।

श्रीलंकामा एक कार्यक्रमका लागि पुगेका बेला काफ्लेलाई हृदयाघात भएको थियो । उनलाई स्थानीय नावालोका अस्पताल लगिएकोमा अस्पतालमा आइतबार दिउँसो मृत घोषित गरिएको थियो । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स अफ नेपाल (बिफिन) को कार्यक्रममा सहभागी हुन उनीलगायतको टोली श्रीलंका पुगेको थियो ।

सिबिआइएल क्यापिटलका सिइओसमेत रहेका ५० वर्षीय काफ्ले लामो समयदेखि सिटिजन्स बैंकसँगै आबद्ध रहेका थिए । उनी डेपुटी सिइओ हुनुअघि सोही बैंकमा चिफ अपरेटिङ अफिसरका रुपमा कार्यारत थिए 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको