Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, ११ : २८ मा प्रकाशित

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ हजार ७ सय रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको मूल्य बुधबार प्रतितोला ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,बुधबार  प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको