Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीका १३ साता: फोटो खिचाउनमै व्यस्त अर्थमन्त्री

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, ०९ : १५ मा प्रकाशित

अर्थमन्त्रीका १३ साता: फोटो खिचाउनमै व्यस्त अर्थमन्त्री

अर्थमन्त्री पुनले अर्थ मन्त्रालयको बागडोर सम्हालेको १३ साता पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेसँगै अर्थमन्त्रीमा पुनलाई नियुक्त गरेका हुन् । पुन पार्टीभित्र दाहाल निकट मानिन्छन् । 

एमाले र माओवादीसहितको सत्ता गठबन्धनले मन्त्रालय टुंगो लगाएसँगै नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन दोस्रोपल्ट अर्थमन्त्री बनेका हुन् । यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६८ मा पुनले अर्थ मन्त्रालयको जिम्मा पाएका थिए । अर्थतन्त्रबारे खासै जानकारी नभएका पुनको विगत पनी विवादित नै छ  । पुन सुशासनका लागि प्रतिबद्ध तथा आमनागरिकको भलाइका निष्ठावान् परिचय भएका नेता पनि होइनन् । 

अर्थतन्त्रबारे खासै जानकार नभएका पुनको कार्यकाल चुनौतीपूर्ण नै छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासपात्रका रूपमा अर्थमन्त्रालय छिरेका उनले यो अवधिमा सम्झनलायक कुनै पनि काम गर्न सकेका छैनन् ।  

अर्थतन्त्र चरम आर्थिक मन्दीमा रहेकाले पूर्वाधार निर्माणका काम ठप्प जस्तै छ । राष्ट्रिय पुँजी निर्माणमा ८० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्र त्रसित रहँदा नयाँ लगानीको हिम्मत जुट्न सकेको छैन । राजस्व संकलन, पुँजीगत खर्च, वैदेशिक सहायता तथा अनुदानलगायतको अवस्था नाजुक छ । यस्तो अवस्थाबाट अर्थतन्त्र उकास्ने चुनौती उनलाई छ । पुनका लागि सुधारिएको बाह्य क्षेत्र, पर्याप्त तरलता, घट्दो ब्याजदर सहज पक्ष छ भने सरकारी वित्तमा सुधार निकै चुनौतीपूर्ण छ ।

अर्थतन्त्रमा शिथीलता देखिएका बेला उनी भने कहिले निजी क्षेत्र त कहिले विभिन्न कूटनीतिक नियोगका अधिकारीसँग भेटघाट र फोटो खिचाउनमै व्यस्त देखिएका छन् । उनले ल्याएको आगामी आर्थिक बर्षको बजेट आम्दानी र खर्चको क्षमता सुधार्ने योजनाबिना परम्परागत शैलीकै देखिन्छ । ठूलो परिमाणमा उत्पादन वृद्धि, लाखौं रोजगारी सिर्जना र पूर्वाधार विकासमा फड्को मार्ने महत्त्वाकांक्षी लक्ष्य लिए पनि अर्थमन्त्री वर्षमान पुनले प्रभावकारी योजना भने ल्याएका छैनन् । 

त्यति मात्रै होइन अर्थमन्त्री पुनले आफैंले ल्याएको बजेट कार्यान्वयनका लागि कुनै पनि योजना बनाउन सकेका छैनन् । 
पुन दोस्रोपटक मन्त्रीको रूपमा सिंहदरबार छिर्दा उनका अघिल्तिर चुनौतीका चाङ थिए । उनको विगत विवादास्पद छ र कैयौं गम्भीर नैतिक आरोप लागेका छन् । १२ वर्षअघि अर्थमन्त्री भएका वेला वर्षमान पुन आर्थिक अनुशासनहीनताका कारण विवादमा परेका थिए । 

प्रधानमन्त्री दाहालको विश्वासपात्र मानिने पुन पटक पटक अवसर पाएका र परीक्षण भइसकेका नेता हुन् । अर्थमन्त्रीका रूपमा उनको अहिलेको कार्यकाल कति विवादरहित हुन्छ, सरकारी ढुकुटीको दुरुपयोग हुन नदिन उनी कति प्रतिबद्ध हुन्छन् भन्नेले उनको कार्यकालको सफलता निर्धारण गर्नेछ । सर्वसाधारणको भलाइका लागि प्रतिबद्धता तथा निश्चित समूहको फाइदाका लागि राज्यस्रोत दोहन हुन नदिने इमानदारीले मात्रै पुनको विगतको अँध्यारो पाटो छोप्नेनैछ तर पनी विवादित रहेको पृष्ठभूमिका बीच अर्थमन्त्री बनेका उनलाई संवेदनशील मन्त्रालयको जिम्मेवारी कसरी निर्वाह गर्लान् भनेर सर्वत्र चासो छ । मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पुगीसक्दा पनी अर्थमन्त्री पुनले सम्झनलायक उपलब्धि हासिल गर्न सकेका छैनन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको