Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउमा फेरि नयाँ रेकर्ड, कति पर्छ तोलाको ?

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, ११ : ०५ मा प्रकाशित

सुनको भाउमा फेरि नयाँ रेकर्ड, कति पर्छ तोलाको ?

आज सुनको भाउमा नयाँ उच्चतम रेकर्ड कायम भएको छ । बिहीबार सुनको भाउ प्रति तोला १८ सय रुपैयाँले बढ्दा चाँदी पनि २५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको