Like us!
Follow us!
Connect us!
Watch us!

मोदीले ठूलो स्टक मार्केट घोटाला गरेको कांग्रेस नेता गान्धीको आरोप

अर्थ संसार

विहीबार, २४ जेठ २०८१, २१ : ४८ मा प्रकाशित

मोदीले ठूलो स्टक मार्केट घोटाला गरेको कांग्रेस नेता गान्धीको आरोप

भारतको कांग्रेस पार्टीका नेता राहुल गान्धीले बिहीबार नरेन्द्र मोदी र अमित शाहका कारण लगानीकर्ताहरूले ३० लाख करोड भारु नोक्सानी गरेको भन्दै आलोचना गरेका छन्।  

गान्धीले यी नेताको सल्लाहले गर्दा लोकसभा चुनावको नतिजा घोषणा भएको दिन बजार क्र्यास भएको आरोप लगाउदै  यस विषयमा संयुक्त संसदीय समिति गठन गर्दै छानबिन गर्न माग गरेका  छन्। 

राहुल गान्धीले भने, ‘पहिलो पटक हामीले चुनावका बेला प्रधानमन्त्री, गृहमन्त्री र वित्तमन्त्रीले सेयर बजारमा टिप्पणी गरेको देख्यौं।'

उनले भने ‘प्रधानमन्त्रीले सेयर बजार तीव्र गतिमा बढिरहेको बताए । गृहमन्त्रीले भने कि जुन ४ मा सेयर बजार बढ्नेछ र  सबैले लगानी गर्नुपर्छ, र यस्तै बयान वित्तमन्त्रीले पनि गरेका थिए . अमित शाहले भने जुन ४ अघि सेयर किन्नुहोस्। मे १९ मा प्रधानमन्त्री मोदीले जुन ४ मा सेयर बजारले रेकर्ड तोड्ने बताएका थिए ।'

उनले भने 'रिटेल लगानीकर्ताहरूले ३० लाख करोड गुमाए, यो सबैभन्दा ठूलो स्टक बजार घोटाला हो।'

"प्रधानमन्त्री मोदी र  गृहमन्त्रीले सेयर बजारमा लगानी गर्ने पाँच करोड परिवारलाई किन विशेष लगानी सल्लाह दिए? लगानी सल्लाह दिनु उनीहरूको काम हो? किन दुवैको अन्तर्वार्ता एउटै व्यापार समूहको स्वामित्वमा रहेको मिडियालाई दिइयो?  उनले प्रश्न गरेका छन्। 

उनले भने सेबि यसको तत्काल अनुसन्धान गर्नु पर्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको