Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा  शुक्रबार पनि नयाँ रेकर्ड,प्रतितोला १ लाख ४५ हजार

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १२ : ०० मा प्रकाशित

सुनको मूल्यमा  शुक्रबार पनि नयाँ रेकर्ड,प्रतितोला १ लाख ४५ हजार

नेपाली बजारमा सुनको मूल्यले लगातार रेकर्ड तोड्दै गएको छ । बिहीबार १ लाख ४४ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको छापावाला सुनको मूल्यले शुक्रबार फेरी अर्को रेकर्ड नयाँ बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार छापावाला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो ।

शुक्रबार तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ बिहीबार प्रतितोला १० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको