Like us!
Follow us!
Connect us!
Watch us!

बजारबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

शुक्रबार, २५ जेठ २०८१, १३ : १५ मा प्रकाशित

बजारबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक

वित्तीय प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । 

विहीबार मात्रै यहि उपकरण मार्फत ४० अर्ब तानेको केन्द्रिय बैंकले शुक्रबार थप ३० अर्ब तान्ने भएको हो ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले एक सातामा मात्रै निक्षेप संकलन उपकरण मार्फत तेस्रो पटक वित्तीय प्रणालीको तरलता खिच्न लागेको हो। बैंकले बिहीबार ४० अर्ब र गत शुक्रबार १२ अर्ब १५ करोड रुपैयाँ तानेको थियो।  केन्द्रीय बैंकले शुक्रबारका पनि १४ दिन अवधिको ३० अर्बको निक्षेप संकलन गर्ने जनाएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको