Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, १० : ५१ मा प्रकाशित

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आज पनी स्थिर रहेको छ । आइतबार प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रहेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  आइतबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १० रुपैँयाले बढेको हो । मंगलबार चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको