Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर १८ गतेदेखि काबेली विकास बैंकको सेयर बिक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

सोमबार, १८ मंसिर २०७४, ०८ : ०६ मा प्रकाशित

मंसिर १८ गतेदेखि काबेली विकास बैंकको सेयर बिक्री खुल्ला, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं - हकप्रद निष्काशनको समयमा नविकेको सेयर भोली अर्थात मंसिर १८ गतेदेखि काबेली विकास बैंक लिमिटेडको सेयर शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरिने भएको छ ।

  बैंकको नबिकेको १२ हजार ५ सय ८७ कित्ता सेयर भोलीदेखि शिलबन्दी बोलपत्र बिक्री खुल्ला गरिन लागेको हो । 

  खरिदकर्ताले प्रतिकित्ता न्युनतम १०० रुपैयाँ देखि बोलकबोल मार्फत मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले गत भाद्र १८ गते देखि कार्तिक १५ गते सम्मको लागि बिक्रि खुल्ला गरिएकोमा सो अबधि भित्र सम्पूर्ण सेयरको लागि आबेदन नपरेकोले फेरी बाँकी रहेको हकप्रद बिक्री खुल्ला गरेको हो।

यहाँबाट आवेदन दिनुहोस्

बैंकको शिलबन्दी बोलकबोल सेयर खरिदकर्ताले निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको