Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालय प्रशासन महाशाखामा सापकोटा

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १७ : १० मा प्रकाशित

अर्थ मन्त्रालय प्रशासन महाशाखामा सापकोटा

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायण सापकोटालाईदिएको छ।

यसअघि महाशाखा प्रमुख रहेको डा. टोकराज पाण्डेलाई हटाएर सापकोटालाई प्रशासन प्रमुख बनाइएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा आएका सापकोटालाई कुनै जिम्मेवारी दिइएको थिएन ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबारदेखि उनलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

प्रशासन प्रमुखबाट हटाइएका डा. पाण्डे अर्थ मन्त्रालयमै छन् तर उनलाई जिम्मेवारी नतोकिएको मन्त्रालय स्रोतले जनाएको छ ।

सापकोटा यसअघि भन्सार विभागको महानिर्देशक तथा राजस्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत थिए । उनले भरतपुर महानगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा पनि काम गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको