Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको एक लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ३१ जेठ २०८१, ०८ : ३७ मा प्रकाशित

कुमारी बैंकको एक लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ६२ हजार ९६७ कित्ता सेयर बिक्रीमा राखेको हो। 

हाललाई यस सेयरमा बैंकका कायम शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। 

इच्छुक सेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालस्थित बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ। सेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ।

साथै, तोकिएको समयभित्र सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको