Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र आगन्तुक रिसोर्ट बीच छुट सम्झौता

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १३ : ०४ मा प्रकाशित

प्रभु बैंक र आगन्तुक रिसोर्ट बीच छुट सम्झौता

प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।

बिहीबार एक समारोहका बीच सम्झौतामा बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पूरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरे ।  

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सकिने छ ।

चण्डेश्वरी, धनेश्वर,देवीस्थान, गौखुरेश्वर,नमोबुद्ध,बेथानचोक नारायण,गोसाईकुण्ड(काभ्रे) जस्ता प्रसिद्ध धार्मिक स्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता अन्य विभिन्न हिमश्रृखलाहरुको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको