Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा छुट

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, १० : ३० मा प्रकाशित

नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा छुट

नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

सो छुट सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रबी मल्लले हस्ताक्षर गरे।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनु हुनेछ। छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको