Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोष र एल.सी इनर्जीबीच सेयर प्रत्याभूति सम्बन्धी सम्झौता

अर्थ संसार

सोमबार, ०५ फागुन २०८१, १७ : २८ मा प्रकाशित

नागरिक लगानी कोष र एल.सी इनर्जीबीच सेयर प्रत्याभूति सम्बन्धी सम्झौता

नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी. इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौताको अवधि हस्ताक्षर भएको मितिदेखि ६ महिनासम्म रहने छ ।

एलसी इनर्जीले प्रतिसेयर १०० रुपैयाँका दरले ६ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो । सोही सेयरको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको