Like us!
Follow us!
Connect us!
Watch us!

जगेडा कोषमा १८.१५ अर्ब सञ्चित राखेको नागरिक लगानी कोषको कस्तो छ वित्तीय सूचकको अवस्था ?

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, १० : २९ मा प्रकाशित

जगेडा कोषमा १८.१५ अर्ब सञ्चित राखेको नागरिक लगानी कोषको कस्तो छ वित्तीय सूचकको अवस्था ?

नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ९.९१प्रतिशत घटेको छ ।

खुद नाफा

नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कोषले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कोषले ९.९१ प्रतिशत कम नाफा गरेको हो ।

ब्याज आम्दानी

गत असारसम्म कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख रुपैयाँ, सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेर १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ गरेको छ ।

कुल आम्दानी/कुल खर्च

समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ गरेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेर ४५ करोड ५० लाख रुपैया गरेको छ ।

चुक्ता पुँजी

गत असारसम्म कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । 

जगेडा कोष

चौथो त्रैमाससम्म कोषको जगेडा कोष ३५.७९ प्रतिशत बढेर १८ अर्ब १५ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिसेयर आम्दानी

समीक्षा अवधिमा  कोषको नाफासँगै प्रतिसेयर आम्दानी २.२८ रुपैयाँ घटेर २०.७५ रुपैयाँमा झरेको छ ।

प्रतिसेयर नेटवर्थ

असार मसान्तसम्ममा कोषको प्रतिसेयर नेटवर्थ १७१.४५ रुपैयाँ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको