Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको साधारणसभा भोलि, १४.७४ प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

आइतबार, ३० असार २०८१, ११ : ५३ मा प्रकाशित

नागरिक लगानी कोषको साधारणसभा भोलि, १४.७४ प्रतिशत लाभांश पारित हुने

नागरिक लगानी कोष (सीआइटी) को २९ औं वार्षिक साधारण सभा भाली बस्दै छ ।  

कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो । 

सभामा  १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूको तर्फबाट एक–एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिने सीआइटीले जनाएको छ । 

साधारणसभा प्रयोजनार्थ कोषले असार २० गते नै बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको