Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १० : ५६ मा प्रकाशित

एकैदिन प्रतितोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार १६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन १ लाख ४२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको