Like us!
Follow us!
Connect us!
Watch us!

अमरेश सिंहको आरोप: अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाए

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १२ : ५७ मा प्रकाशित

अमरेश सिंहको आरोप: अर्थमन्त्रीले केही व्यापारीको इन्ट्रेस्टमा बजेट बनाए

प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका बजेट केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको आरोप लगाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का ३२ जना सांसदलाई लक्षित गरेको सो बजेट अर्थमन्त्री पुनले केही व्यापारीहरूको इन्ट्रेस्टमा बनाएको उनको भनाइ थियो । 'यो बजेट केही व्यापारीले बनाएको छ अर्थमन्त्रीजीको इन्ट्रेस्टमा । यो बजेट माओवादी पार्टीको सिंगल ३२ जना सांसदको लागि मात्रै बनेको छ,' सिंहले भने, 'यो २७५ जनाको यो बजेट बन्छ भन्नु दिवास्वप्न हो ।'

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले माआवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीले जित्ने निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको जिकिर गरे ।

'माओवादी पार्टी समाप्त हुने अन्तिम संघारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ । हामीजस्ता निर्धा सांसदलाई उहाँहरूले देख्नु हुन्न,’ सिंहले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको