Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १९ : ४६ मा प्रकाशित

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै सोमबार सुनको मूल्यमा प्रतितोला ६ सय रुपैयाँ र चाँदी २० रुपैयाँ घटेको हो । हिजो सुनको मूल्यमा प्रतितोला १६ सय रुपैयाँ बढेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार  छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार  छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको