मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला ६ सय रुपैयाँ ले घटेको सुन यस दिन स्थिर रहेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
मंगलबार तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस