नेपाली बजारमा लगातार तेस्रो दिन पनि सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य यस दिन पनी स्थिर रहेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
बुधबार तेजाबी सुन १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै,आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस