Like us!
Follow us!
Connect us!
Watch us!

लीलादेवी गडतौलाले कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने

अर्थ संसार

आइतबार, ०९ असार २०८१, २० : १९ मा प्रकाशित

लीलादेवी गडतौलाले कामु मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् ।

अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरुमध्ये उनी वरिष्ठ हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहितलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको