Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरपालिकाद्वारा २५ अर्ब ७० करोड बराबरको बजेट घोषणा

अर्थ संसार

सोमबार, १० असार २०८१, १८ : ०९ मा प्रकाशित

काठमाडौं महानगरपालिकाद्वारा २५ अर्ब ७० करोड बराबरको बजेट घोषणा

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको छ । 

सोमबार आयोजित १५  औं नगरसभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट घोषणा गरेकी हुन् ।

उनले भनिन्, ‘२०८१ ८२ को नीति तथा कार्यक्रमलाई सार्थक पार्न २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरिएको छ।’

डंगोलले ३० वटा स्वर्णिम योजनाका लागि २ अर्ब बजेट विनियोजन गरेको पनि बजेट पेश गर्दै जानकारी गराइन् । यसैगरी महानगरले आगामी आर्थिक वर्षका लागि ११ वटा गौरवका योजना पनि अगाडि सारेको छ ।  

त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले बताइन्। चालु आर्थिक वर्ष २०८०/०८१ का लागि महानगरले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको