Like us!
Follow us!
Connect us!
Watch us!

कोपा अमेरिका:ब्राजिल कोस्टा रिकासँग बराबरीमा, कोलोम्बियाको विजयी शुरुवात

अर्थ संसार

मंगलबार, ११ असार २०८१, ०९ : ०५ मा प्रकाशित

कोपा अमेरिका:ब्राजिल कोस्टा रिकासँग बराबरीमा, कोलोम्बियाको विजयी शुरुवात

जारी कोपा अमेरिका फुटबलमा ब्राजिलले औसत शुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टा रिकासँग गोलरहित बराबरी खेलेको हो ।

समुह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अंक बाँडेका छन् ।

समुह डी अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २-१ होल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए ।

यो जितपछि कोलोम्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने ब्राजिल र कोस्टा रिकाको एक एक अंक रहेको छ ।

अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पराग्वेसँग खेल्ने छ भने कोलोम्बियाले सोहि दिन कोस्टा रिकासँग खेल्ने छ ।
       

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको