Like us!
Follow us!
Connect us!
Watch us!

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

अर्थ संसार

विहीबार, २७ असार २०८१, ०८ : ३२ मा प्रकाशित

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।  जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोल्मबिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो । 

योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५: ४५ बजेदेखि शुरु हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको