Like us!
Follow us!
Connect us!
Watch us!

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, ०९ : ०९ मा प्रकाशित

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए । मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो । तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिस्चित भएको हो । इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए । 

यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । कोपा अमेरिकाको क्वाटरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन ।

खेलको ३५औ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले शुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए ।

अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ । यो खेल जुलाई ९ मा हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको