Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकका ग्राहकलाई मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्टमा विशेष छुट

अर्थ संसार

बुधबार, १२ असार २०८१, १४ : २७ मा प्रकाशित

प्रभु बैंकका ग्राहकलाई मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका संचालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख/शाखा प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँकका कर्मचारीहरुका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरु प्राप्त गर्न सकिने जनाइएको छ । होटल दि पुराङ मुक्तिनाथ, युरिका इन मुक्तिनाथ, होटल ग्रान्ड सम्बाला, मुक्तिनाथ होटल सनराइज, जोमसोम एयरपोर्ट, होटल मण्डला, लोमान्थाङ, होटल त्रिवाटिका, लोमान्थाङ, इको हिल रिसोर्ट, टुकुचे, हलिडे क्याम्प, होटल ताङ्स्रा कोवाङ, लुम्बिनी एण्ड रेष्टुरेन्ट, त्साराङ, सी यु लज, र रेस्टुरेन्ट लेटे र मार्फा अर्चर्ड होटे मार्फा होटलसँग आवास तथा खानामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको