Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, १३ असार २०८१, ११ : ०३ मा प्रकाशित

तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहिबार पनी सुनको मूल्य घटेको छ । बुधबार ७ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार ८सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन तितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुनको मूल्य १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ रहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको