Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह बर्खास्त

अर्थ संसार

विहीबार, १३ असार २०८१, १३ : ३३ मा प्रकाशित

हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह बर्खास्त

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह बर्खास्तमा परेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले भोलि असार १३ गतेदेखि लागू हुने गरी सिईओ शाहलाई बर्खास्त गरेको हो ।

शाहलाई असार १३ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको कम्पनीले जनाएको छ । शाह विस २०७८ फागुन १ गते ४ वर्षका लागि सीईओमा नियुक्त भएका थिए । 

शाह यसअघि एनएलजी इन्स्योरेन्समा सञ्चालक समितिसँग विवादमा परेर हटाइएका थिए । त्यसपछि नेपाल इन्स्योरेन्स हुँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ बनेका शाह मर्जरपछि एकीकृत कम्पनीको सिइओ बनेका थिए । अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले सिईओ शाहलाई बर्खास्त गरिएको पत्र इमेलमार्फत पठाईदिएका छन् ।

यसका साथै सोही बैठकले कम्पनकी नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको