Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित सहित हिमालयन एभरेष्टको साधारण सभा सम्पन्न

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, १३ : २७ मा प्रकाशित

लाभांश पारित सहित हिमालयन एभरेष्टको साधारण सभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उक्त सभा काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको हाल कायम चुक्ता पुँजीको  ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको